
काठमाडौं । महिला बालबालिका तथा तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले थापाथलीस्थीत प्रसुति गृहमा पुगेर अछामकी पिडित बालिकालाई भेटेकी छन् । आइतबार विहान ११ बजे प्रसुति गृहमा पुगेर उनले बालिकालाई भेटेकी हुन। सुस्त मनस्थितिकी १२ बर्षिय ति बालिकाको पेटमा २१ महिनाको बच्चा थियो ।
जसलाई विना अप्रेशन बेथा लाग्ने औषधीको प्रयोग गरेर निकालिएको अस्पतालले जानकारी दिएको छ ।
मन्त्री थापाले पीडित बालिकाका आफन्तसँग पनि भेटीकी छन् । मन्त्री थापाले पीडित बालिकाको परिवारलाई आर्थिक सहयोग गर्ने आश्वासन समेत दिइन ।
यो निकै जटिल केश हो मन्त्री थापाले भनिन्, बालिकामाथि गम्भिर अपराध गर्नेको खोजि गरेर कडा कारवाही गर्न पहल गर्नेछु, बालिकाका परिवारलाई सरकारले आवश्यक सहयोग गर्नेछ ।
मन्त्री थापाले पीडित बालिकाको जिम्मा कसले लिने भन्ने बिषयमा सरोकारवालासंग छलफलगरी ब्यवस्थापन गर्ने प्रतिबद्धता समेत गरेकी छन् ।
उनले अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमलाई भेटेर बालिकाको उपचारका लागि भइरहेको प्रक्रिया र उनको स्वास्थ्य अवस्था बारे बुझेकी छन् । डा. गौतमले बालिकाको स्वास्थ्य अवस्था सुरधारन्मुख रहेको जानकारी गराएका थिए ।
डा.गौतमले बालिकाको मानिस अवस्था ठिक नभएकाले सुरुमा आफुहरुलाई उपचारमा पनि समस्या भएको बताए छन। उपचार पछि सुस्त मनस्थितिकी ती बालिकाको मानसिक अवस्था पनि अहिले सुधार भइरहेको बताए । सुस्त मनस्थितिकी ति बालिकाका आमाबुवा पनि बौद्धिक अपांग छन् ।
घटना यस्तो थियो
पीडित बालिका अछामको रामारोशन गाउँपालिका–४ की बासिन्दा हुन् । मानसिक अवस्था ठिक नभएकी ति १२ वर्षिया बालिकालाई जब कुकुरले टोक्यो त्यसपछि उनिमाथि भएको गम्भिर अपराध बाहिर आयो ।
केही समय अघि गाउँमा कुकुरले टोकेपछि उनका ठुला बुवा कृष्णबहादुर बोहोराले उपचारका लागि जिल्ला अस्पताल लगे ।
कुकुरले टोकेपछि लगाइने रेबिज बिरुद्धको सुई उनलाई लगाँदा उनको पेट अस्वभाविक रुपमा ठुलो देखिएपछि घटनाबारे थाहा भयो ।
त्यसपछि बालिकाको पेट चेक जाँच गर्दा पाँच हप्ताको बच्चा रहेको डाक्टरले जानकारी गराए ।
बालिका गर्भवती रहेको थाहा भएपछि उनलाई काठमाडौं ल्याइयो । बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले वडा कार्यालयले २० हजार रुपैंया सहयोग गर्यो र उनलाई ठुलो बुवाले काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा ल्याइयो ।
अस्पतालमा उनको पेटको बच्चा निकालियो । उनि ९ दिनदेखि अस्पतालमा छिन् ।












