
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डडेल्धुरामा अनसन बसीरहेका केसीको स्वास्थ्य जटिल बन्दै गएको अस्पतालले जनाएको छ ।
सात दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या भएकाले आफुले त्यसको उपचार गर्न नसक्ने भन्दै चिकित्सकले सुरक्षित ठाउँमा लैजान आग्रह गरेका छन् ।
जिल्ला अस्पताल अगाडि एक निजी घरमा अनसन बसेका केसीको स्वास्थ्यमा ब्लड प्रेसर घट्दै गएको छ भने मुटुको चालमा वृद्धि भएको छ । यस्तै रगतमा अक्सिजनको मात्र घटेको र मिर्गौलामा समस्या देखिएको छ ।
उनको उपचारका लागि जिल्ला अस्पतालमा आईसीयू, एबीजी सेवा तथा दक्ष जनशक्तिको अभाव रहेकाले तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
आइतबार विज्ञप्ति मार्फत अस्पतालले उनकाे स्वास्थ अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसक्ने जानकारी गराइएको छ ।











