आजदेखि १० दिनका लागि विमानस्थल पूर्णरुपमा बन्द, कारण यस्तो छ


झापा । आजदेखि १० दिनका लागि झापाको भद्रपुर विमानस्थल पूर्णरुपमा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरोन्नती गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको हो ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरिएको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख चुँडालले बताए ।
उक्त विमानस्थलबाट बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार