ठगीको आरोपमा पक्राउ परेका ज्योतिलाई रिहाकाे मागसहित मौन जुलुुस प्रदर्शन

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेको छ । बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन् ।

उनीहरुले सरकारले उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्नेलगायतका काम नगर्न मौन जुलुससहितको विरोध प्रदर्शन गरेका छन् । उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रहरीले उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा करोडौं ठगी गरेको आरोपमा गत कार्तिक २१ गते पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार