बैतडीमा मासु खाँदा एकको मृत्यु नौ जना बिरामी

बैतडी । बैतडीमा मासु खाँदा एक किशोरीको मृत्यु भएको छ भने एकै परिवारका नौ जना बिरामी भएका छन् । मरेको कुखुराको मासु खाँदा मंगलबार पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो ।

मासु खाएर बिरामी पर्नेमा सोही ठाउँका ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना रहेका छन् । उनीहरुको बिरामी भएका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा निको नभएपछि थप यपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको बताइएको छ ।

स्थानीय बासीका अनुसार उनीहरुले शनिबार साँझ मरेको कुखुराको मासु आएको पाइएको छ । एकै परिवारका सबै सदस्यले मास खाएपछि आइतबारदेखि बिरामी परेका हुन् ।

बिरामीलाई वान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको भने मंगलबार घरमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार