ट्याक्सीमा घर फर्किए विष्ट : काम गर्ने मौका दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले काम गर्ने अवसर दिएको प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । पदमा रहँदा आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षापूर्वक गर्न पाएमा इमान्दारीकोमा खुसि व्यक्त गरे ।

बिहीबार नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका उनले बैदेशिक रोजगारमा गएर मूल्य विहिन पसिना बगाइरहेका युवाको पक्षमा काम गर्न शुभकामना दिएका छन् ।

साथै उनले आफूलाई काममा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

ट्याक्सीमा फर्किए घर

विष्ट सिंहदरबारबाट ट्याक्सीम चढेर घर फर्किएका छन् । मन्त्री हुँदा पाएको गाडी बिहीबार नै फिकर्ता गरे आफू मन्त्रालयबाट घर ट्याक्सीमा फर्केका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार