धरान । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार सफल हुन नसकेको बताएका छन् । उनले सरकारका मन्त्रीले राम्रो काम गर्न नसकेकाले सरकार असफल भएको बताए ।
बिहीबार नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन उनले वर्तमान सरकारको आलोचना गरेका हुन् ।
उनले सरकारले हालै मन्त्रीमण्डल पुनर्गठनमा असफल मन्त्रीलाई ल्याएकाले यो सरकारको काम नभएको समेत जिकिर गरे । उनले प्रधानमन्त्री ओली नै असफल भएको बताएका छन् ।
उनले सरकारको कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै घोषणापत्र सार्वजनिक गरेको भन्दै उपनिर्वाचन सरकारको कामकाजको मूल्याङ्कन गर्ने अवसर भएको बताए । साथै आफ्ना धरानका उम्मेदवार तिलक राईलाई भोट पनि मागेका छन् ।










