१५ महिनादेखि बेपत्ता पत्रकार खड्काको सामाग्रीसहित अस्थिपञ्जर भेटियो

काठमाडौं । बाजुराको बुढीनन्दामा बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको केही व्यक्तिगत सामाग्री भेटिएका छन् । विगत १५ महिनादेखि बेपत्ता भएका पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएका हुन् ।

नेपाल पत्रकार महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी गराएको छ ।

महासंघका महासचिव रमेशष्टले ले१५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय भएको भन्दै सत्यतथ्य छानविन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरेको बताएका छन् ।

महासंंघले रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन राज्यका सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

०७५ साल भाद्र १० गतेदेखि बेपत्ता भएका खड्का नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य हुन् । बाजुराको कोल्टीमा रहेको बुढीनन्दा रेडियोमा कार्यरत खड्का भदौ महिनामा लाग्ने बुढीनन्दा तिर्थस्थलमा गएका थिए । उनी त्यहाँबाट फर्किने क्रममा बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार