काठमाडौंमा भूकम्पकाे धक्का, सिन्धुपाल्चोक केन्द्रविन्दु

काठमाडौं । काठमाडौंमा गएराति भूकम्पको धक्का महसुुस गरिएको छ । गएराति १० बजेर ८ मिनेट जाँदा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको फुल्पिङकोट रहेको थियो ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ५ रेक्टर स्केल मापन गरिएको छ । धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायतका स्थानमा महसुस भएको थियो ।

यो भूकम्प ०७२ वैशाख १२ मा गएको भूकम्पको परकम्प नभई नयाँ भूकम्प नै गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार