आज ३७ जिल्लामा उपनिर्वाचन हुँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । आज मंसिर १४ गते बिभिन्न देशका ३७ जिल्ला उपनिर्वाचन हुँदै छ । विभिन्न कारणले कारणले रिक्त ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

मतदान अहिले केहीबेरमा सुरु हुँदैछ । पोखरामा हुने उपनिर्वाचनलाई विशेष रुपमा लिइएको छ । त्यहाँ प्रतिनिधिसभाका लागि चुनाव हुँदै छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।

यो निर्वाचनमा ११ दलका र १० स्वतन्त्र गरी २१ जना चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई नेकपाबाट प्रतिस्पर्धामा भएकाले पनि पोखराको निर्वाचन विशेष रुपमा हेरिएको छ ।

चुनावको बेला हुने सानातिना घटनालाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । सबैलाई ढुक्क भएर भोट हाल्न निर्वाचन अयोगले अनुरोध पनि गरेको छ ।

उपनिर्वाचन प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि हुँदैछ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा यसैगरी प्रदेशसभाका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमशः १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार