काठमाडौं । विभिन्न मतदान केन्द्रमा उम्मेदवारहरुले पनि मतदान गरेका छन् । पोखरामा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् । उनले पोखरा ४ गैह्रापाटनमा रहेको नविन मावीमा पुगेर मतदान गरेकी हुन् ।
उनले विहान सवा सात बजे नै मतदान गरेकी छन् ।
त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा उमेदवार सुरज प्रधानले पनि मतदान गरेका छन् । उनले बिहान ७ बजे दुवाकोट गाबिस भवनबाट मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान भइरहेको छ ।












