पुनर्वास पुगेर खानेपानी मन्त्री विना मगरले गरिन् मतदान

कञ्चनपुर। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पनि मतदान गरेकी छिन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा पुगेर मन्त्री मगरले मतदान गरेकी हुन् ।

शनिबार भएको उपनिर्वाचनमा मतदान गर्न विहान साढे ९ बजे मन्त्री मगर गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थल पुगेकी थिइन् ।
जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् ।

दुई मतदान केन्द्र निर्धारण गरिएको क मतदान केन्द्रमा ६१६ र ख मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको थियो ।

त्यहाँको वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार