रोल्पाकाे थवाङमा नेकपाका जनकबहादुर बुढामगर बिजयी

काठमाडौं । रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि शनिवार भएको निर्वाचनमा नेकपाका उम्मेदवार जनकबहादुर बढामगर बिजयी भएका हुन् ।

बुढामगरले १७४ मत पाएर वडाध्यक्षमा विजयी भएका छन् । उक्त वडामा कुल मतदाता १२८४ थिए । तर, २०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो ।

बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाएका छन् ।

यसअघि सो वडामा नेत्रविक्रम चन्द समूहका फर्कबहादुर बुढामगर वडा अध्यक्षको रुपमा रहेका थिए । उनको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार