एम्बुलेन्स र ट्रक ठोक्किँदा सातको मृत्यु

विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँएका छन् । एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ ।

गएराति कोसी गाउँपालिकाको हरिपुरमा विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा ३४ बर्षे दुर्गाधन राई, २८ वर्षे टेकेन्द्र राई, ५० वर्षे तुलबहादुर राई, ३१ बर्षे दिनेश राई र ३५ वर्षे मुकेश राई र शिवमाया राई छन् । एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।

घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार