काठमाडौं । नेपाली काँग्रेसका प्रदेशसभा सदस्यमा भक्तपुरबाट कृष्णलाल भँडेल विजयी भएका छन् । भक्तपुर क्षेत्र नम्बर १ (क) मा भएको उपनिर्वाचनमा भँडेल १३ हजार ७ सय ४८ मतसहित बिजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले भने ११ हजार २ सय १० मत पाएका छन् ।
त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।










