विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । विराट नर्सिङहोमको आईसीयूमा उपचार गराई रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार विहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ ।
आइतबार प्रहरीले पक्राउ गर्न खोज्दा हृदयघात भएको भन्दै आईसीयूमा राखेको थियो । अस्पतालका चिकित्सकका अनुसार उनलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो ।
आफुलाइै ठुलै सिद्धबा भनेर चिनाउने उनीमाथि उनकै अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छन् । गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै उनले निवेदन पनि दिएकी छन् ।









