उपनिर्वाचनबारे कांग्रेसको समिक्षा : नेकपालाई सुध्रिन आग्रह

काठमाडौं । शनिबार भएको उपनिर्वाचनबारे प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले समिक्षा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकार सम्मेलन गरी उपनिर्वाचनको समिक्षा गरेको हो ।

समिक्षा कार्यक्रममा कांग्रेसले नेकपालाई सच्चिन आग्रह गरेको छ । साथै नेकपालाई सच्चिने वा सक्किने भन्ने सन्देश दिएको समेत दिएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले सरकारलाई सच्चिने कि सक्किने भन्ने सन्देश उपनिर्वाचनबाट दिएको बताएका छन् ।

साथै उनले उपनिर्वाचनमा काँग्रेसले उत्साहजनक उपस्थिति देखाएको तर्क गरेका थिए । भक्ततपुरको प्रदेशसभा, धरान उपमहानगरपािलका, चितवनको भरतपुर–१६ र दाङको घोराही उपमहानगरपालिका–१६ को मतपरिणामले कांग्रेसको एकतालाई पुष्टि गरेको बताएका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार