काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएको भन्दै प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
मूल्य बढेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।
त्यसैगरी एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाएको निगमले जनाएको छ । अन्यको नेपालमा मूल्य समायोजन गर्दा प्रतिलिटर २ रुपैयाँले बढेको छ ।











