बिराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न सुझाव दिएका छन् ।
प्रेस संगठन मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खाने थलो मात्रै नभएको बताए ।
“सबै विद्यार्थीले क्वालिटीको एजुकेशन पाउनु पर्छ मन्त्री पोखरेलले भने, त्यसको व्यवस्था सरकारले मिलाउँछ, तर शिक्षकले विद्यार्थीलाई क्वालिटीको एजुकेशन दिन सक्दैनन् भने उनीहरुले पेशा परिवर्तन गरे हुन्छ, विद्यालय जागिर खाने मात्र थलो मात्र होइन ।”
गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकहरुलाई सक्षम बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताए । शिक्षकलाई राज्यले सक्षम बनाउन लगानीमात्र गरेर नपुग्ने भन्दै मन्त्री पोखरेलले स्वय शिक्षकहरुले पनि आफूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई जनताको पहिलो रोजाइमा पार्ने सरकारको योजनाअनुसार १० वर्षे गुरुयोजना अघि सारेको जानकारी दिए ।










