
काठमाडौ । दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारका क्रममा थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो । प्रहरीका अनुसार मृतकको सनाखत अहिलेसम्म भइसकेको छैन ।
बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा भन्नेस्थानमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १८ जना घाइते थिए ।
आइतबार बिहान ८ः३० बजे मन्दिर दर्शन गरेर भक्तपुर फर्किदै गरेको बा २ ख ४४६८ नम्बरको बस सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । दुर्घटनाबाट बस पुर्णरुपमा क्षती भएको छ ।










