काठमाडौं । मकवापुरबाट काठमाडौं आउँदै गरेको जीप मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ महिला र २ जना पुरुष रहेको मकवानपुरका एसपी सुशील सिहं राठौरले बताए ।
उनका अनुसार दुर्घटनामा ५ जना पुरुष १ महिला घाइते भएका छन् । प्रहरीका अनुसार जीपका चालक समेत घाइते छन् ।
रौटहटको चपुरबाट काठमाडौं आउँदै ना१ज ३४३३ नम्बरको जीप मकवानपुरको रामचन्द्र भञ्ज्याङस्थित पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । तिर्ब गति कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जीप दिउँसो करिब साढे १२ बजेतिर दुर्घटनामा भएको बताइएको छ । घाइतेहरुको अहिले मनमोहन मेमोरियर अस्पताल फर्पिङमा उपचारको भइरहेको छ ।










