ऐनसेलले सरकारलाई ४ अर्ब ५० करोड लाभकर तिर्यो, बाँकी किस्तामा तिर्ने माग

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

सरकारले एनसेलमाथि निर्धारण गरेको २२ अर्ब ६० करोड रुपैयाँमध्ये एनसेलले मंगलबार सो रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको हो।

एनसेलले अब सरकारलाई १८ अर्ब १० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले ऐनसेललाई १५ दिनभित्र कर तिर्न भन्दै पत्र पठाएको दशौँ दिनमा आज (मंगलबार) एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

लाभकर चुक्ता गर्नका लागि एनसेलले कर कार्यालयलेसंग किस्ताबन्दीमा बुझाउने माग गरेको बताइएको छ । तर, कर कार्यालयले एनसेलको मागबारे अहिलेनै कुनै निर्णय नगरेको ठूला करदाता कार्यालय स्रोतले जनाएको छ ।

आफुले कर नतिर्ने भन्दै एनसेल सरकारसंगको विवाद समाधानका लागि सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (आइसिएसआइडी) समक्ष मध्यस्तताका लागि निवेदन समेत दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार