
कंचनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे ७० करोड कमिसन मागेको सार्वजनिक अडियोबारे मुख खोलेका छन् ।
सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका मन्त्री बास्कोटाले कंचनपुरको बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भने, ‘कमसिन मागेको भन्ने अडियो सर्बजनिकबारे म काठमाडौं फर्किएपछि विस्तृत प्रतिकृया दिनेछु, दोसी ठहर भएमा कारवाही भोग्न तयार छु ।
मन्त्री बास्कोटाले सेक्युरिटी मेसिन खरिदबारे ७० करोड कमिसन मागेको अडियो एक अनलाइनद्धारा बिहीबार बिहान सार्वजनिक भएपछि यसबारे सर्वत्र ब्यापाक चर्चा भइरहेको छ ।
अडियो सार्वजनिकबारे उनले आफुमाथि राजनीतिक सड्यन्त्रगरी प्रपोगाण्डा गरिएको आरोप समेत लगाएका छन् ।
कंचनपुरको महेन्द्रनगर बुधबारदेखि सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न त्यहाँ पुगेका मन्त्री बास्कोटा आजै काठमाडौं फर्किने भएका छन् ।










