काठमाडौं । सुनको मूल्यले नयाँ किर्तिमान बनाइरहेको छ । दिन दिनै सुनको मूल्यमा बृद्धि भएपछि शुक्रबार नयाँ रेकर्ड बनाएको हाे ।
बिहीबार प्रतितोला ७७ हजार ६ सयमा कारोबार भइरहेको छापावाला सुनको मूल्य शुक्रबार ७८ हजार १ सय पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि शुक्रबार ७७ हजार ८ सय पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले नेपालमा पनि सुनको मूल्यमा बृद्धि भएको हो ।
चाँदीको मूल्य भने प्रतितोला ९ सय १५ रुपैयाँ कायम गरिएकाे छ।











