गोकुल बास्कोटाको कमिसनकाण्डपछि सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । पूर्वसंचारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनकाण्डले ब्यापक चर्चा पाएपछि सत्तारुढ नेकपाले आफ्नो सचिवालय बैठक बोलाएको छ ।
बास्कोटाको कमिसनकाण्डपछि संसद र जनमानसमा ब्यापक आलोचना र चर्चा भइरहेका बेला यसबारे छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको बताइएको छ । नेकपा सचिवालयका अनुसार बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

बैठकमा बिषेशगरी बास्कोटाको कमिसनकाण्ड र एमसीसीबारे छलफल हुने एक नेताले बताए । उनका अनुसार पार्टी भित्र सुशासनको सवालमा देखिएको विचलन र नेताहरुको आचरणबारे बैठकमा छलफल हुनेछ । बैठकमा एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा समेत गहन छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार