मलाई सिध्याउन पात्र खडा गरेर गिरोह नै लाग्यो–मुख्यमन्त्री राई (भिडियोसहित)


सुनसरी । एक महिलाले श्रीमान दावी गर्दै आएको बिषयमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यसबारे पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएका छन् ।

शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई इटहरीमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले आफुलाई सिध्याउन पात्र खडा गरेर गिरोह नै सकृय रहेको बताएका छन् ।

मुख्यमन्त्री राईलाई आफ्नो श्रीमान दावी गर्दै बालिका खड्काले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएपछि मुख्यमन्त्री राई उक्त आरोपबारे सार्वजनिक रुपमा पहिलो पटक बोलेका हुन ।

“म बिरुद्ध २०७२ सालबाट एउटा षड्यन्त्र सुरु भयो मुख्यमन्त्री राईले भने, म संचारमन्त्री भएको दुई तीन महिनापछि यो षडयन्त्र सुरु भएको हो । म बिरुद्ध बैठक बसे र एउटा गिरोह त्यसमा सकृय भयो । केहि पात्रहरुको खाजी गरियो, खरिद गरियो र त्यसपछि म माथि त्यसलाई प्रयोग गरियो ।”

नैतिक आरचण, देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको मुख्यमन्त्रीको भनाई छ ।

आफु संचारमन्त्री भएकै बेला फसाउने नियतले अपरिचित नम्बरबाट धेरै एसएमएस आएको र आफुले उक्त एसएमएसहरु प्रधानमन्त्रीलाई समेत देखाएको मुख्यमन्त्री राईले बताए । आफुलाई फसाउने षड्यन्त्र र गिरोहबारे पार्टी नेतृत्व जानकार रहेको र केहि दिनमै सत्यतथ्य बाहिर आउने उनको दावी छ ।

दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् ।

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दिएको मुद्दामा उल्लेख छ ।

खड्काले केहि समयदेखि संचारमाध्यमहरुमा समेत राईले आफुमाथि यौन दुब्र्यवहार, हिंसा गरेको र अहिले अलपत्र पारेको आरोप लगाउदै आएकी छिन् ।

भिडियो हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार