सुनमा अहिलेसम्मकै नयां रेर्कड कायम,मान्छेहरु सुनै लगाउन छोडे

काठमाडौं । केहि महिना यतादेखि निरन्तर सुनको भाउ बढिरहेको छ । नेपाली बजारमा सुनको मूल्यले बुधबार अहिलेसम्मकै उच्च रेर्कड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मुल्य प्रतितोला ८० हजार ५ सय पुगेको छ ।
तेजाबी सुनको मूल्य ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

एकै दिन सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको यो पहिलो पटक हो ।

मंगलबार बजारमा सुनको भाउ छापावल प्रतितोला ७८ हजार तीन सय र तेजावी ७८ हजारमा कारोबार भएको थियो । मंगलबार ८६० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य भने बुधबार २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।

कोरोना भाइरस विश्वभर फैलिएर यसले विश्व अर्थथन्त्रमै असर पार्दा सुनको मूल्य ह्वात्तै बढेको हो ।
सुनको मूल्य उकालो लागेदेखि नै यसको ब्यापार मन्दी भएको ब्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार