
काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले कोरोना भाइरसबाट बच्नका लागि मुटु रोगीहरुले विशेष सतर्कता अप्नाउनुपर्नेमा जोड दिएका छन् ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाको उच्च जोखिम नेपालमा पनि भएकाले यसको संक्रमणबाट बच्न विषेशगरी मुटु रोगीले सर्तकता अपनाउनुपर्ने बताएका हुन ।
डा. कोइरालाले सोमबार बिहान सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन, “मुटु रोगीहरूलाई क़ोरोना लागेमा मृत्युदर उच्चतम हुने हुनाले थप सावधानी अपनाउँ । भिड़मा नजाने, खोकि, ज्वरो द्वारा संक्रमितको नजिक नपर्ने, अपरिचित समान वा व्यक्ति छोए पछि हात धूने गरौ। सुगर प्रेशर नियंत्रण गरौं ।”

चीनबाट फैलिएको कोरोना अहिले विश्वव्यापी रुपमा फैलिदै महामारीको रुप लिएको छ । जसका कारण हजारौंले ज्यान गुमाइसको छन् भने लाखौं संक्रमित छन् ।
तर, अहिलेसम्म नेपालमा यसका संक्रमित बिरामी भने भेटिएका छैनन् । यद्यपी नेपाल पनि कोरानाको उच्च जोखिमा रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यता नेपाल सरकारले पनि यसबारे उच्च सर्तकता अपनाउँदै संक्रमण देखिहालेमा उपचारको व्यवस्था र नियन्त्रणको प्रयासका विभिन्न तयारीहरु गरिरहेको जनाएको छ ।







