
काठमाडौं । कोरोना भाइरससंग लड्नका लागि अमेरिकी सरकारले नेपाललाई फेरी करोडौं सहयोग गरेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप करिब २१ करोड रुपैयाँ सहयोग गरेको अमेरीकी दुतावासले विज्ञप्तीमार्फत जनाएको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार कोरोना प्रकोपविरुद्धको तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गरिएको हो ।
सहयोग रकम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको संक्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्चित कोषको एक हिस्सा भएको दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार करिब १३ करोड रुपैयाँ समुदायलाई शिक्षित बनाउन र कोरोना संक्रमणबारे सचेतना कार्यक्रममा प्रयोग गरिनेछ ।
चीनले गर्ने आवश्यक सहयोगबारे आज सरकारी वार्ता हुँदै
कोरोनाको संक्रमणबिरुद्ध लड्नका लागि चीनले दिने आवश्यक सहयोगबारे आज चीन र नेपाल सरकारबीच भिडियो कन्फरेन्समा छलफल हुँदैछ ।
कोरोनाबिरुद्ध लड्नका लागि आफु सहयोग गर्न तयार रहेकोबारे नेपाल सरकारलाई यसअघि ने चीनले भनिसकेको छ ।
तर, नेपालले सहयोग लिने सूचीको विषयमा भने दुई मुलुकका स्वास्थ्य अधिकारीबीच आज विषेश छलफल हुनेछ ।
भिडियो कन्फरेन्समा कोरोनाका बिषयमा अनुभव आदानप्रदान र सहयोगको विषयमा दुईदेशका अधिकारीबीच विशेष छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । चीनले कोरोना नियन्त्रण र बिरामीको उपचारमा गरेको उत्कृष्ट काम नेपाल सिक्न आतुर रहेको उनको भनाई छ ।
चीनले अहिले आफ्नो देशमा कोरोना नियन्त्रण गरिसकेको छ । आफ्नो देशमा कोरोना नियन्त्रण गर्न सफल भएपछि चीनले इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा आवश्यक सामग्री र चिकित्सक टोली पठाएर सहयोग समेत गरेको छ ।












