‘लक डाउन’ भएपनि आजबाट दिनभर खाद्यान्न पसल सञ्चालन हुने


काठमाडौं । लक डाउनको दोस्रो दिन आजबाट काठमाडौं उपत्यकाका खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिइने भएको छ ।

यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा उपभोक्ताको भिड बढेपछि कोरोनाको संक्रमणको जोखिम हुनसक्ने भन्दै आजबाट दिनभर पसल खोल्न दिइएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयद्धारा हिजो जारी विज्ञप्ति अनुसार स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायतका कारोबार गर्ने पसलहरू बुधबारबाट निर्वाध सञ्चालक गर्न अनुरोध गरेपछि आज बिहानैदेखि पसलहरु खुलेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार