साइकल चढेर ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले पिटेको भिडियो भाइरल,पिट्ने प्रहरीलाई कारवाही

काठमाडौं । सुनसरीमा प्रहरीले साइकल यात्रुलाई पिटेको भिडियो भाइरल भएपछि प्रहरीको हेडक्वाटरले यसबारे मुख खोलेको छ ।
बुधबार सुनसरीको खनार भन्नेस्थानमा ‘लक डाउन’ उल्लघंन गरेको भन्दै एक साइकल यात्रुलाई डिउटीमा रहेका दुईजना प्रहरीले पिटेको भिडियो भाइरल भएको छ ।

भिडियोका विषयमा सामाजिक संजालमा विभिन्न प्रतिकृया आइरहेका बेला यसबारे प्रहरीको हेडक्वाटरले छानविन गरी पिट्ने प्रहरीमाथि कारवाही गर्ने बताएको छ ।

नेपालको कानूनले यसरि कुनैपनि ब्यक्तिलाई हातपात गरी दुर्व्यवहार गर्न नपाइने भएपछि प्रहरीको हेडक्वाटरले यसबारे छानविन गरी पिट्ने प्रहरीमाथि कारवाही गर्ने केन्द्रीय प्रहरी प्रवक्ता एआईजी शैलेश थापा बताए ।

उनका अनुसार घटनामा संलग्न दुर्वजना प्रहरीलाई विभागीय कारवाही सुरु भएको छ ।

भाइरल भिडियो हेर्नुहोस

लकडाउनको अवज्ञा गर्नेलाई सुनसरीमा प्रहरीले लाठी बजायो । Viral video

'लक डाउन' को अवज्ञा गर्नेलाई सुनसरीमा प्रहरीले लाठी बजायो । Viral video I Share गरौं I

Gepostet von Anmol Media am Mittwoch, 25. März 2020

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार