नेपालको पाँचौं कोरोना संक्रमित बागलुङकी युवतीलाई काठमाडौं ल्याउने तयारी


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ बर्षीय एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या नेपालमा ५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनमा संक्रमणको पुष्टी भएको जानकारी दिएका हुन।

प्रवक्‍ता देवकोटाका अनुसार काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केश हो । संक्रमित युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमार्फत नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।
त्यसक्रममा बागलुङ नगरपालिकामा रहेकी ति युवतीलाई धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिए पनि उनि आफ्नै घरमा बसेको बताइएको छ । उनलाई अहिले सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
शुक्रबार मात्रै कैलालीमा एक ३४ बर्षीय युवकमा पनि संक्रमण पुष्टी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार