बुटवल । कोरोना संक्रमण देखिएका रुपन्देहीका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
वैशाख १९ गते कोराना पोजिटिभ देखिएका उनको बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का २५ वर्षका युवक अस्पतालमा नाचेर, गीत सुनेर दिन विताउने गर्थे । उनी भारतबाट बैशाख ५ गते आएका थिए । उनलाई लक्षण नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गरिए पनि एकहप्ता होम आइसोलेसनमा बस्नुपर्ने अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ३४ पुगेको छ । त्यसमध्ये तीन जना भने पून संक्रमण देखिएर अस्पतालमा छन् ।