‘राजा बन्छु’ भन्दै नारायणहिटीको श्रीपेच चोर्दै गर्दा युवक पक्राउ

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गर्दै गर्दा एक युवक पक्राउ परेका छन् । फक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । उनले संग्रहालय अवलकोन गरिरहेका बेला श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गर्दै गर्दा समातिएका थिए ।

संग्रहालयको सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर आफुहरुलाई जिम्मा लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

घर्तीले ‘राजा बन्छु’ भन्दै श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको एसपी सिंहको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार