बालुवाटारमा ओली र प्रचण्डबीच निणार्यक वार्ता जारी, सहमती भएन भने के हुन्छ ?


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केप ओली र प्रचण्डबीच निर्णायक वार्ता सुरु भएको छ ।
केहीबेरअघि सुरु भएको वार्तामा पार्टीभित्रका विवादबारे ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन लागेको हो ।

यसअघिका भेटवार्तामा दुबैका एक / एक जना साँक्षीका रुपमा बस्दै आएकोमा आजको वार्तामा एक / एक जना थपिएको छ । दुबै अध्यक्षबीचको वार्तामा साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल र प्रचण्डकातर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी रहेका छन् ।

गत शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा मात्रै सहभागी भएका थिए । नेकपाको जारी स्थायी समिति बैठकमा बुहमत सदस्यले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद दुबैबाट राजीनामा दिन भनिसकेका छन् । जुन कुरालाई ओलीले इन्कार गर्दा पार्टी फुटको संघारमा उभिएको बताइन्छ ।

हिजोमात्रै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसंग भेटगरी साँझ बालुवाटारमा मन्त्रीहरु बोलाएर पार्टी फुट्ने आशयको जानकारी गराएका थिए ।

उक्त छलफलमा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफुलाई दुबै पदबाट हटाउने पार्टीभित्रैका नेताहरुको तयारी रहेको र तपाइहरु कुन पक्षमा उभिने भन्दै तयार रहनु भन्ने अभिब्यक्ति दिएका थिए ।

ओलीको उक्त अभिब्यक्तिबारे राष्ट्रपतिसंग कुराकानी गर्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । शीतल निवासबाट फर्किपछि बालुवाटारमा ओली र प्रचण्डबीच निर्णाय वार्ता सुरु भएको हो ।

ओली र प्रचण्डबीचको वार्ताअघि दुवै पक्षले आफू निकटका नेताहरुसँग परामर्श गरेको बताइन्छ । प्रधानमन्त्री ओलीको अडानपछि पार्टी विभाजन हुने खतरा बढेको भन्दै पार्टीका दोस्रो र तेस्रो तहका नेताहरुले मिलेर जान दवाव दिइरहेका छन् ।

अद्यपी आजको बैठकमा कुनै सहमती हुन सकेन भने नेकपाको एकता र फुटको यहि बैठक निर्णायक पनि हुन सक्ने धेरैको आँकलन छ । हुन त दुईदिन स्थगित भएर भोली बस्न लागेको नेकपा स्थायी समिति बैठमा पनि निर्णायक छलफल हुन सक्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार