काठमाडौं । यसबर्षको कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परिक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा भोली सार्वजनिक गर्न लागेको जनाएको हो।
नतिजा प्रकासनको अन्तिम तयारी चरणमा रहेकाले भाली सार्वजनिक गरिने एसईई परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले जानकारी दिए।
यसबर्ष एसईई परीक्षामा देशभरबाट ४ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । कोराना भाइरसका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विधालयको आन्तरिक मूल्याङ्कनबाट एसईई नतिजा सार्वजनिक गरिएको थियो ।
शैक्षिक सत्र २०७८ मा भने बोर्डले प्रश्नपत्रको आधारमा भौतिक रुपमै परीक्षा केन्द्रमा नै उपस्थिति भएर एसईईको परीक्षा गराएको थियो । परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
एसईई परीक्षाको नतिजा नेपाल टेलिकम लगायतको वेबसाईट तथा एसएमएस र आईभीआरबाट विद्यार्थीले हेर्न सक्नेछन् ।
न्यूनतम ३५ अंक नल्याए फेल
यसबर्षदेखि एसईईमा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने ब्यवस्था लागु भएको छ। लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था रहेकाले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुनेछन् ।
निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी ९नन ग्रेडेड० उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न नपाउने ब्यवस्था लागु भएको छ।