काठमाडौ । नेपाली कांग्रेसकी नेतृ तथा समानुपातिक सांसद आरजु राणा देउवाले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन् । आज निर्वाचन आयोगमा आयोजित समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन् ।
निर्वाचनमा काँग्रेस सबैभन्दा ठुलो दल भएकाले पनि नयाँ सरकारको नेतृत्व कांग्रेसले नै पाउनुपर्ने उनको दाबी थियो।
गठबन्धनमा प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाबी स्वाभाविक भए पनि जनताको म्यान्डेट सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने रहेको राणले जिकिर गरिन् ।
काँग्रेसभित्र पनि प्रधानमन्त्रीका आकाँक्षीहरु देखिए पनि अन्तिममा पार्टी सभापति देउवालाई नै सर्वसम्मत रुपमा प्रधनमन्त्रीको लागि सिफारीस गरिने उनको भनाई छ । काँग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै उनले देउवाले पनि हिजोका दिनमा पार्टीभित्रै गिरिजा प्रसाद कोइरालासँग चुनाव लडेको सस्मरण गराइन् ।
उनले देउवाकै नेतृत्वमा चुनावमा काँग्रेस पहिलो पार्टी हुन सफल भएकाले पनि पार्टीको संसदीय दलको नेता हुँदै देउवा प्रधानमन्त्री हुनेमा आफु ढुक्क रहेको समेत बताइन् ।
भिडियो पनि हेरौ