अहिलेकै अवस्थामा सरकार नछोड्ने रास्वपाको निर्णय

गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई दियो २ दिनको समय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णयबाट पछि हटेको छ । पार्टीको आज बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने भनिएपनि गृह मन्त्रालय बारे टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय मागे पछि सरकारबाट बाहिरिने निर्णयबाट पछिहटेको हो ।

रास्वपाले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भए । लगतै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका छन् ।

त्यसका लागि प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो ।

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए । दुबै नेताले २ दिनको समय मागेकाले पर्खिने निर्णय गरेको रास्वपाले जनाएको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैं ‘गृह मन्त्रालय आफुले पाएको र यो अडानबाट पछि नहट्ने बताएका छन् । पत्रकारकारको सांसद नभएका रविलाई नै पठाउने हो भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले गृहमन्त्री पठाउनुस् भनेपछि पार्टीको बैठक बसेर निर्णय गर्ने ढकालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार