माओवादी केन्द्रले गर्यो सगरमाथा आरोही बुढामगरलाई सम्मान


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

आज माओवादीले आफ्नो केन्द्रिय कार्यालय पेरिसडाँडामा एक सम्मान कायर्मक्रमको आयोजना गरी दुवै खुट्टा गुमाएर पनि सफलतापुर्वक सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल बुढामगरलाई सम्मान गरेको हो । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै उपाध्यक्ष महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियानलाई आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर दिनुपर्नेमा जोड दिए ।

बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाएका बुढामगरले गत जेठ ५ गते अपरान्ह सगरमाथा चुचुरोमा पुगेर सफल आरोहण गर्दै इतिहास रचेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार