रविलाई बयानका लागि पोखराबाट बुटवल लगियो, सुरक्षा ब्यवस्था कडा


पोखरा । विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोपमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा लगिएको छ । मौसम सफा भएपछि केहिबेर अघि पोखरा विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत उनलाई भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको करोड बरढ रकम ठगी गरेको उजुरी छ ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि रविलाई आज बुटवल लसिगएको प्रहरीले जनाएको छ ।

रविलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको अनुसंन्धान चलिरहेकै बेला बुटवल लगिएको छ । रवि बिगत एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् ।

यसैबीच रविलाई बुटल लगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी ब्यापक रुपमा परिचालन गरिएको छ । बुटवल उनका समर्थनक र सहकारी पीडितहरुले प्रर्दशनको तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार