नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना,पार्टी एकता अन्यौल


काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ ।

हिजो पार्टी एकता घोषणा कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेपछि उनि श्रीमानलाई छुट्टाउन डिल्लीबजार कारागार पुगेकी थिइन् ।

हिजो नै रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त हुँदा अध्यक्ष श्रेष्ठको स्वास्थमा थप समस्या आएपछि अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भक्त चलाउनेले जानकारी दिए ।

रेशमको पक्राउपछि रिहा र त्यसपछि नाउपा अध्यक्ष श्रेष्ठ बिरामी भएपछि डा. सिके राउत अध्यक्ष रहेको जनमत पार्टीसंगको एकता घोषणा कार्यक्रम अन्यौल भएको छ । पार्टी एकताका लागि देशभरीबाट काठमाडौं आएका दुबै पार्टीका नेता कार्यकर्ताहरुले भने एकता छिटो गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार