संसदमा ज्वालाको गर्जनः देशमा सरकारहरु फेरिए तर सुदूरको भाग्य कहिल्यै फेरिएन


काठमाडौं । रास्वपा सांसद टीका संग्रौला ज्वालाले देशमा धेरै सरकारहरु फेरिए पनि सुदूरको भाग्य कहिल्यै फेरिएन भन्दै गुनासो गरेकी छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्वालाले ३६ बर्षसम्म देशमा शासन गर्नेहरुले अछाम जिल्लालाई गरिब बनाइराखेको सकेत बताएकी छन् ।

अछामबाट समानुपातीक सांसद बनेकी उनले अछाममा स्वास्थ्य, सडक, रोजगारी, छाउपडी लगायतका समस्या अहिले पनि यथावत रहेकाले सरकारको ध्यान जानुपर्ने जोड दिएकी छन् ।
दुईतिहाई बहुमत बोकेको सरकारले राज्यबाट सधै पछि पारिएको अछाम लगायत सिंगो सुदूरपश्चिमको विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।
संसदमा उनले बोलेको यस्तो छ:
३६ बर्षसम्म यो देशमा साशन गरिरहेका शासकहरुले
यो देशको सबैभन्दा गरिब जिल्ला बनाइदिनुभयो
सुत्केरी हुन नसेकेर बाटोमै गर्भवती महिलाको मृत्यु भयो
धर्ती टेक्न नपाउदै अवोध शिशुको भविष्य पनि आमाको चितासंगै जल्यो
छाउपडी गोठमा सर्पले डसेर किशोरीको ज्यान गयो
डक्टर बन्ने उनको सपना छाउपडी गोठमै खरानी भयो
अछामबाट बिरामी बोकेर धनगढी आउँदै गरेको एम्बुलेन्स
भत्कीएको बिग्रिएको कच्ची सडकबाट कर्णाली नदीमा खस्दा
बिरामीसहित सबै यात्रुको ज्यान गयो
रोजगारी खोज्दै सिंगो गाउँ नै भारत भाँसिएपछि
बस्तीहरु सुनसान भए
बिधालय जाने क्रममा खोला तर्न नसकेर
विधार्थीहरु भेलसंगै बगे
भोलीपल्ट किनारामा लासहरु भेटिए ।
सभामुख महोदय, मैले यहाँ बोल्दै गरेका कुराहरु राजधानीको लागि अखबारका हेडलाइन होलान
तर, अछामी जनताका लागि दिनैपिच्छे मरी मरी बाँच्नु पर्दाका यर्थाथ भोगाईहरु हुन् ।
यो देशमा कतिपटक सरकारहरु फेरि तर पनि सुदूरको भाग्य कहिल्यै फेरिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार