
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु राणा देउवालाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरिएको छ ।
देउवा दम्पती विदेशमा रहेकाले उनिहरुलाई इन्टरपोलमार्फत फक्राउ गर्न लागिएको हो ।
सम्पत्ति शुद्धिकरण अनुसंन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट फक्राउ पुर्जी जारी भइसकेको छ । जेनजी आन्दोलनमा कुटपीटमा परेका देउवा दम्पती उपचारका लागि सिंगापुर हुँदै हङकङमा गएका छन् ।
चुनावअघि फागुन १४ गते देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु चैत ७ गते हङकङ गएको बताइन्छ।
पक्राउ पर्ने डरले उनिहरु हङकङमै लुकेर बसिरहेको बताइन्छ । तर उनिहरुविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेकाले अब प्रहरीले इन्टरपोलमार्फत नेपाल ल्याउन पत्राचार गर्ने भएको छ ।
नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् र कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याइनेछ ।
जेनजी आन्दोलनका बेला देउवा निवासमा पैसाको पुर्थो भेटिएको थियो । जसबारे प्रहरीले अनुसंन्धान गर्दै सम्पती शुद्धिकरणमा अनुसंन्धान गर्नुपर्ने भएपछि अदालतबाट फक्राउ पुर्जी मागिएको हो ।











