
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको उपाध्यक्ष पदमा धनबहादुर सार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सार्कीले आगामी आइतबार अल्टर्शटको टेमटेसनमा आफ्ना एजेन्डासहित पत्रकार सम्मेलन गरी औपचारिक उम्मेदवारी घोषणा गर्ने बताएका छन । एनआरएन युकेको निर्बाचन आगामी सेप्टेम्वर १४ मा हुदैछ।
नेपालको चितवनमा बसाई रहेका सार्की केहि बर्षदेखि लन्डनको होन्सलोमा बस्दै आएका छन् । उनले लन्डनबाटै होटल म्यानेजमेन्टमा डिग्रीसम्मको अध्यन हासिल गरेका छन्। सिर्जनशील नेपाली समाज यूकेका पूर्वअध्यक्षसमेत रहेका सार्की यूरोपमा रहेको नेपाली समाजबीच देखिने छुवाछूत, जातिय विभेद बिरुद्ध , आवाज उठाउदै आएका छन् ।
मिलनसार र समाजसेवी स्वभाव भएका सार्कीलाई एनआरएन यूकेको उपाध्यक्ष पदका लागि सशक्त र बलियो उम्मेदवार ठानिएको छ । उनको उम्मेदवारीलाई युकेमा रहेका प्रवासीनेपालीहरुले निकै सकरात्मक रुपमा लिएका छन् ।
१५ वर्ष गोरखा सैनिक जीवनबाट अवकास लिएपछि सार्कीले विद्यार्थी जीवन हुदै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छन् ।









