काठमाडौं । नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकै पटक २ हजार भन्दा बढी कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको हो।
आयोजनाले एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जना माग गरिएको छ।
आयेजनाले स्थानीय तहमा कर्मचारीको आवश्यकता भएकाले दरखास्त आव्हान गरेको बताएको छ ।
(विज्ञापनसहित)











