यौनसम्पर्कपछि एलर्जी हुन्छ ? उपाय यस्तो छ !

यौनसम्पर्क रमाइलो मात्र होइन, एउटा जटिल प्रक्रिया पनि हो । यो प्रक्रियामा शरीर, मस्तिष्क, हार्मोन तथा भावनाको तालमेल जरुरी छ । कहिलेकाहीं यी सबै कुरा हुँदाहुँदै पनि यौन सम्पर्क गर्न मन लाग्दैन । किनभने यौनसम्पर्कपछि एलर्जीले दुःख दिएको हुन सक्छ ।

चिलाउने

यौनसम्पर्क सक्ने बित्तिकै यौनाङ्ग चिलाउँछ भने इन्फेक्सन भएको हुन सक्छ । यदि यौनसम्पर्कअघि समस्या छैन र यौनसम्पर्कपछि मात्र चिलाउँछ भने यौन साथीको गुप्ताङ्गमा संक्रमण हुन सक्छ ।

पोल्ने

यौन सम्पर्कपछि यौनाङ्ग पोल्छ भने त्यो पनि एलर्जीको संकेत हो । यस्तो समस्यालाई सामान्य रूपमा लिनु हुँदैन । तत्काल विज्ञसँग जाँच गराउनु उपयुक्त हुन्छ ।

अर्गे्ज्मिक इल्नेस

पुरुषमा यौनसम्पर्कपछि ज्वरो आएजस्तो हुने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, फ्लु भएजस्तो लक्षण देखिए त्यो यौनसम्पर्कपछि हुने एलर्जी हो । यो धेरै कम पुरुषलाई हुन्छ, जसलाइ पोस्ट अर्गे्ज्मिक इलनेस सिन्ड्रम भनिन्छ ।

कन्डम एलर्जी

कतिपयलाई कन्डम प्रयोग गर्दा पनि एलर्जी हुन्छ । यदि त्यस्तो शंका लागे प्रयोग गरिरहेको ब्रान्ड परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

लुब्रिकेन्टको एलर्जी

यदि यौन सम्पर्कका क्रममा कुनै किसिमको लुब्रिकेन्ट प्रयोग गरिएको छ भने त्यसले पनि एलर्जी गराउन सक्छ । यदि त्यस्तो लाग्छ भने लुब्रिकेन्ट परिर्वतन गर्न सकिन्छ । त्यसका साथै यौनाङ्गमा बढी सुख्खापन हुनु पनि लुब्रिकेन्टको असर हो ।

यौनांग सुन्निने

यौनसम्पर्कपछि यौनाङ्ग सुनिन्छ भने कन्डमको लेटेक्स वा लुब्रिकेन्ट त्यसको कारण हुन सक्छ । लेटेक्स वा लुब्रिकेन्ट परिवर्तनपछि पनि समस्या कायम रहे चिकित्सकबाट जाँच गराउनुपर्छ । साभार- साप्ताहिक 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार