काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि ओली १० दिन महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आइसियुमा राखेर उपचार गरिएको थियो ।
डायलासिस गरिरहेका ओलीको शल्यक्रियापछि संक्रमण नहोस् भनेर अस्पतालले विशेष रुपमा उपचार गरेको थियो । १० दिन अस्पताल बसेर बिहीबार ओली सरकारी निवास बालुवाटार फर्किएका छन्।
१० दिन अस्पताल बस्दा प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।