पत्रकार जमालको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय


काठमाडौं । पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

सोमबार साउदी अरेबियाको सरकारी वकिलको कार्यालयले पत्रकार खसोग्गीको प्रत्यक्षमा हत्यामा संलग्न ५ जनालाई मृत्युदण्ड सुनाइएको बिबिसिले उल्लेख गरेको छ । उनको हत्यामा संलग्न ३ जनालाई २४ /२४ वर्ष जेल सजाय सुनाएको छ ।

पत्रकार खसोग्गी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका साउदी राजदरबारका सल्लाहकार साउद अल खतानीलाई भने निर्दोष भन्दै रिहा गरिएको छ।

अमेरिकी नागरिक खसोग्गी साउदी राजकुमार मोहम्मद बिन सलमान र उनको नीतिका खरो आलोचक मानिन्थे। टर्कीको राजधानी इस्तानबुलस्थित साउदी कन्सुलरको कार्यालयभित्र सन् २०१८ को अक्टोबर २ मा वाशिंगटन पोस्टका स्तम्भकार खसोग्गीको हत्या भएको थियो।

श्रीमतीसँगको सम्बन्ध विच्छेदको कागजात प्रमाणीकरणका लागि कन्सुलरको कार्यालयमा गएका बेला पत्रकार खसोग्गीको हत्या भएको थियो।

राज्यस्तरबाटै खसोग्गीको हत्या भएको भन्दै साउदी अरेबियाको अन्तर्राष्ट्रिय स्तरमै कडा आलोचना भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार