थुनामुक्त भए लगत्तै ओलीलाई ‘बा’ भन्दै प्रशंसा गरेका शर्मा बाल्कोटमा


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच भेट भएको छ । सांसद शर्मा अध्यक्ष ओलीलाई भेट्न आज विहान ९ बजे बालकोट पुगेका थिए । त्यहाँ करिब एक घण्टा कुराकानी भएको थियो ।

नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । तर, त्यसको अर्को दिन जिल्ला अदालतले थुनामा राख्न नपर्ने भन्दै रिहा गर्न आदेश दिएपछि शर्मा रिहा भएका थिए ।

थुनामुक्त भए लगत्तै सांसद शर्माले ओलीलाई आफ्नो बाबु समान भन्दै प्रशंसा गरेका थिए । जुन अभिब्यक्ती निकै भाइरल भयो ।

काँग्रेस सांसद शर्माले साउन १० गते प्रतिनिधिसभा बैठकमा एक कुन्टल सुन बरामद भएको बिषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा मागेका थिए । उनले राजीनामा मागेको बिषयलाई लिएर काँग्रेसभित्रै आलोचना भएको थियो भने एमाले सांसदहरुले संसदमै उनको सर्मथन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार