
काठमाडौं । भारतिय महानायक अमिताभ बच्चनले कोरोना भाइरसबाट बच्ने तरीका बताएका छन् ।
युनिसेफ भारतका गुडविल एम्बेसडर समेत रहेका बच्चनले कोरोनाबाट कसरि बच्ने भन्नेबारे केहि तरीकाहरु सहितको एक भिडियो सन्देश दिएका हुन ।
महानायक बच्चनले दिएको भिडियो सन्देशमा कोरोनालाई हराउन सबैसंग अपिलसमेत गरेका छन् । १ मिनेट ६ सेकेण्डको उक्त भिडियो सन्देशमा उनले विशेषगरी हाँछ्यू गर्दा, खोक्दा मुख ढाक्नुपर्ने बताएका छन् । उनले भिडभाड युक्त ठाँउमा नगई घरमै बस्न आग्रह गरेका छन् ।
आफुलाई सास फेर्न गाह्रो भएमा अन्य मानिसहरुको सम्पर्क भन्दा टाढा बसी तुरुन्तै चिकित्सककोमा गई स्वास्थ्य जाँच गर्न सुझाव दिएका छन् ।
महानायक अमिताभ बच्चनले दिए कोरोना भाइरसबाट बच्ने यस्ता तरीका । सबैले सेयर गरौं ।
महानायक अमिताभ बच्चनले दिए कोरोना भाइरसबाट बच्ने यस्ता तरीका । सबैले सेयर गरौं ।
Gepostet von Anmol Media am Donnerstag, 19. März 2020












